एनआरएन नेपाल डेभलपमेन्ट फन्डलाई कार्यान्वयनमा ल्याउने तयारी

काठमाडौँ । एनआरएन नेपाल डेभलभमेन्ट फन्डलाई कार्यान्वयनमा ल्याउने तयारी रहेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतबीच आज अर्थ मन्त्रालयमा उक्त विषयमा छलफल भएको हो । सो अवसरमा २०८१ भदौ तेस्रो साताभित्र डेभलपमेन्ट फन्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने सहमति भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली सङ्घको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी रु १० अर्बको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो ।

एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडमा नेपाल सरकारको पाँच प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री