पूर्वी लन्डनको डागेनहम अपार्टमेन्टमा आगलागी, सयजनालाई अन्यत्र सारियो

लन्डन । संयुक्त अधिराज्य (बेलायत) को राजधानी लन्डनको पूर्वतर्फ रहेको अपार्टमेन्टमा सोमबार आगलागी भएको छ ।
गार्जियन समाचारका अनुसार आगलागीमा परेका १०० जनालाई सुरक्षित स्थानमा सारिएको छ । अपार्टमेन्टमा लागेको आगो निभाइ सकिएको लन्डन फायर ब्रिगेड (एलएफबी) लाई उद्धृत गर्दै गार्जियनले समाचार लेखेको छ । स्थानीय समयअनुसार बिहान २:४४ मा लागेको आगलागी ७:३० सम्म पनि देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

४० दमकल तथा २२५ अग्नि नियन्त्रकले आगो निभाएका थिए । आगलागीको कारण भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

यसअघि १७ अगस्टमा पनि बेलायतको ऐतिहासिक सांस्कृतिक केन्द्र (समरसेट हाउस) मा पनि आगलागी भएको थियो । त्यतिबेला आगलागी निभाउन १०० अग्निनियन्त्रक परिचालन खगरिएको थियो भने १५ वटा दमकल प्रयोग गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री