तमु धीं यूकेसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ : कार्यवहाक राजदूत खनाल

लन्डन । बेलायतका लागि नेपाली कार्यवहाक राजदूत रोशन खनालले तमु धीं यूकेसँग सहकार्य गर्न पाउँदा अत्यन्तै हर्षित रहेको बताउनुभएको छ ।

आइतबार २५ अगस्टमा नेपाली दूतावास लन्डनको सहकार्य र तमु धीं युकेको आयोजनामा केम्पर्टन पार्कमा भएको १५ औं नेपाली मेलामा सम्बोधन गर्नुहुँदै कार्यवहाक राजदूत खनालले नेपाली मेला हरेक वर्ष सुधार हुँदै गइरहेको समेत बताउनुभयो ।

‘यस वर्षको नेपाली मेला अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ । बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक नेपालको वास्तविक चित्रण यस मेलाले गर्न सकेको छ । उपस्थिति विगतभन्दा बढी थियो । स्टलहरू पनि बढी थियो । मौसम पनि राम्रो भयो,’ उहाँले भन्नुभयो, ‘हरेक वर्ष सुधार हुँदै गइरहेको छ । यस कार्यक्रम तमु धीं यूकेसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । सबैलाई दूतावासको तर्फबाट धेरै धेरै बधाई तथा धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री