तमु समाज युकेले गर्‍यो कोमल र राधा गुरुङलाई सम्मान

लन्डन । तमु समाज युकेले बेलायत भ्रमणमा रहेका तमु समाज हङकङका संस्थापक अध्यक्ष कोमल गुरुङ (स्याङ्जाली कान्छा) र महिला विभाग अध्यक्ष राधा गुरुङलाई सम्मान गरेको छ ।

लन्डनको वेम्बली बरहामपार्कस्थित तमु समाज युकेको सामुदायिक भवनमा सोमबार २६ अगस्ट २०२४ मा समाजकी अध्यक्ष विन्दु घले गुरुङको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी कोमल र राधालाई स्वागत तथा सम्मान गरिएको हो ।

इथ्निक माइनोरिटिज् कमिटी सदस्य, जनसेवा समिति हङकङका पूर्वअध्यक्ष, हङकङ र मकाउस्थित विभिन्न व्यवसायमा आबद्ध र एनआरएनए हङकङका सल्लाहकारसमेत रहेका अध्यक्ष कोमल र महिला विभाग अध्यक्ष राधाको बारेमा कार्यक्रम सञ्चालक उपाध्यक्ष केदार गुरुङले विस्तृत जानकारी गराउनुभएको थियो । कोमल र राधालाई अध्यक्ष विन्दु घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ तथा आमा अध्यक्ष विमला गुरुङ र निवर्तमान अध्यक्ष उमादेवी गुरुङले संयुक्त रूपमा खादा, माला, फेटा र समाजको लोगो अंकित प्ल्याक मायाको चिनोसहित सम्मान गर्नुभयो ।

निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ, तमु धीं युकेका पूर्वअध्यक्ष्य तथा तमु समाज युकेका सल्लाहकार सुबासिङ गुरुङ बीईएम, सल्लाहकारहरु काउन्सिलर कमल गुरुङ, लेख गुरुङ, बाबुराम गुरुङ, यामबहादुर गुरुङ, हर्कबहादुर गुरुङ, धरम बल गुरुङ, खेमबहादुर गुरुङ, बिजु गुरुङ, उदय गुरुङ तथा आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ, निवर्तमान अध्यक्ष उमादेवी गुरुङलगायत उपस्थित सबैजनाले खादा र माला लगाएर समाजसेवी कोमल र राधालाई स्वागत, सम्मान गरेका गर्नुभएको संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले बताउनुभयो ।

तमु समाज हङकङका संस्थापक अध्यक्ष कोमल गुरुङले आफूहरुलाई तमु समाज युकेद्वारा भव्य रुपमा स्वागत, सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै तमु समाज युके र तमु समाज हङकङबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्नुभयो । अध्यक्ष गुरुङले राम्रा कार्यहरुको एक अर्कामा अनुशरण गर्दै संस्था हितको लागि कार्य गर्ने बताउनुभएको थियो । उहाँले आगामी दिनमा पनि दुई संस्थाबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

महिला विभाग अध्यक्ष राधा गुरुङले पनि आफूहरूलाई सम्मानका लागि तमु समाज युके, आमा समूहका पदाधिकारी, सदस्यसहित सबै सहभागीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँहरु दुवै जनाले तमु समाज युकेलाई ५०० पाउन्ड आर्थिक सहयोग गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा तमु समाज युकेकी अध्यक्ष विन्दु घले गुरुङले तमु भवनमा समाजसेवी कोमल गुरुङ र राधा गुरुङ स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । दुवै जनाको बेलायत बसाई आरामदायी तथा सुखमय रहोस् भन्दै तमु समाजका उपस्थित सम्पूर्ण सदस्यहरुलाई उहाँले धन्यवाद दिनुभएको थियो ।

२१ अगस्ट २०२४ मा बेलायत आएका कोमल शुक्रबार फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री