बंगलादेशले साफ यू-२० च्याम्पियनसिपको उपाधि जित्यो, नेपाल उपविजेता

ललितपुर । बंगलादेशले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा बंगलादेशले ४-१ गोलले नेपाललाई स्तब्ध पार्दै उपाधिमाथि कब्जा जमाएको हो । बंगलादेशको जितमा मिराजुल इस्लामले २ तथा पियस नोभा र हुसेन राहुलले १-१ गोल गर्नुभयो । नेपालका लागि समिर तामाङले सान्त्वना गोल फर्काउनुभयो ।

पहिलो हाफको इन्ज्युरी समयमै बंगलादेशले अग्रता लिएको थियो । प्रतियोगितामा मिराजुल सर्वाधिक गोल गर्ने खेलाडी रहनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री