बेलायतमा आयोजित पीपल नेपालकप माया क्रिकेट क्लबले जित्यो

लन्डन । बेलायतमा सम्पन्न पीपल नेपालकप क्रिकेट प्रतियोगिताको सातौं संस्करणको उपाधि माया क्रिकेट क्लबले उचालेको छ ।

पोखरेली मञ्च यूकेको आयोजनमा रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट क्लब एण्ड हक्की क्लबको मैदानमा सोमबार भएको फाइनलमा हिमालयन क्रिकेट क्लबलाई ६ विवेटले हराउँदै मायाले उपाधि जितेको हो । विजेता मायाले उपाधिसँगै १५ सय पाउण्ड नगद र ट्रफी प्राप्त गर्‍यो । उपविजेता हिमालयनले ८ सय पाउण्ड नगद पुरस्कार पाएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको म्यान अफ द सिरिजका रुपमा दिनेश खरेलले २ सय पाउण्ड नगद र ट्रफी पाउनुभयो । सर्वाधिक रन बनाउनुहुने एशरे मल्ल र सर्वाधिक विकेट हासिल गर्ने मनी गुरुङले पनि १ सय ५० पाउण्ड नगद र ट्रफी प्राप्त गर्नुभयो । विजेता टीम तथा खेलाडीलाई आयोजक पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, टाइटल स्पोन्सर पीपल मोर्गेजका निर्देशक सूर्य गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

सातौं पीपल नेपालकप क्रिकेटमा इभेन्ट संयोजक आयोजक मञ्चका उपाध्यक्ष पवित्र गुरुङ तथा क्रिकेट संयोजक मञ्चका स्पोर्ट्स कोअर्डिनेटर प्रकाश गुरुङ हुनुहुन्थ्यो भने प्रतियोगिताको टाइटल स्पोन्सर पीपल मोर्गेजेज हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री