अमेरिकामा गोली हानी नेपाली युवतीको हत्या, संदिग्ध एकजना पक्राउ

काठमाडौँ । नेपाली युवती मुना पाण्डेको अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा गोली हानी हत्या गरेको छ ।

उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको न्युयोर्कबाट सञ्चालित नेपाली अनलाइन खसोखासले जनाएको छ ।

संदिग्धलाई बुधबार बेलुका ८ बजेलगत्तै ट्राफिक स्टपमा पक्राउ गरिएको हो ।

प्रहरीले संदिग्धको बारेमा जानकारीसहित केही कलहरू प्राप्त गरेपछि पक्राउ गर्न सफल भएको जनाएको छ । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन ।

प्रहरीले बुधबार दिउँसो संदिग्ध व्यक्तिको फोटो सार्वजनिक गरेको थियो ।

सीसीटीभी फुटेजबाट लिइएको फोटो अगस्ट २४ शनिबार राति ९ बजेर ४८ मिनेटको रहेको खसोखासले जनाएको छ ।

पाण्डेलाई सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

सोमबार साँझ ५:३५ बजे ह्युस्टन प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री