संगीतकार दिनेशकाजी बान्तवालाई पितृशोक

लन्डन । संगीतकार दिनेशकाजी बान्तवालाई पितृशोक परेको छ । दिनेशका बुबा भूपूब्रिटिस गोर्खा भक्तबहादुर राईको २८ अगस्ट २०२४ मा युकेमा निधन हो ।

भोजपुर जिल्ला, टेम्के मैयुङ गाउँ पालिका, खोङटाङ-४ स्थायी घर भई हाल ह्यारो, मिडलसेक्स, बेलायतमा बस्दै आउनुभएका ७ गोर्खा राईफल्सका भूपूब्रिटिस गोर्खा राईफलमेन भक्तबहादुर ७९ वर्षका हुनुहुन्थ्यो । केही समयदेखि अस्वस्थ रहनुभएका भक्तबहादुरको उपचारका क्रममा निधन भएको हो ।
पिता बिरामी परेपछि संगीतकार दिनेश भेट्नका लागि केही समयअघि युके आउनुभएको हो ।

भक्तबहादुर (सुबास) केही वर्षदेखि श्रीमती पन्चदेवी राई र छोराहरु महेश राई, गायक रमेश राईसहित युकेमा बसोबास गरिरहनुभएको थियो । दिवंगत भक्तबहादुरको अन्तिम संस्कार किरात संस्कारअनुसार जन्मभूमि नेपालमा गरिने योजना रहेको जनाइएको छ । शव नेपाल लैजान परिवारसँगको सहकार्यमा किरात राई बान्तवा रुङमाहाङ बात्तोङ समिति युके र किरात राई यायोक्खा प्राकास लन्डनले आवश्यक सहजीकरण गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री