नेपथ्यलाई न्यूयोर्कमा पञ्चेबाजासहित भव्य स्वागत

न्युयोर्क । नेपालको चर्चित लोक रक समूह नेपथ्यलाई न्यूयोर्कमा भव्य स्वागत गरिएको छ । तीन हजार दर्शक अटाउने क्षमता भएको म्यानह्याटनस्थित टर्मिनल फाइभमा यही अगस्ट ३० मा हुने नेपथ्य ऐतिहासिक साँझको लागि न्यूयोर्क आइपुगेको नेपथ्य समूहलाई आयोजक टोली तथा द गुरुङ (तमु) सोसाइटीको अध्यक्ष तथा संस्थापक अध्यक्षले भव्य स्वागत गरेका हुन् ।

स्वागतका लागि आयोजक सदस्यहरु याक प्रोडक्सनका छोमो डसेल, डिजे रितका ठिले थकाली र इसेन्स स्माइल्सका डा. सुलोचना गुरुङ तथा सोसाइटीका अध्यक्ष ओमबहादुर गुरुङ, संस्थापक अध्यक्ष तुलसीप्रसाद गुरुङ र पूर्वअध्यक्ष पदम गुरुङ न्यूयोर्क नौमती बाजासमूहका पञ्चेबाजा टोलीसहित स्वागत गर्नका लागि लागोर्डिया एयरपोर्ट पुग्नुभएको थियो ।

गुरुङ भेषभुषामा स्वागतका लागि पुग्नुभएको सोसाइटीका अध्यक्ष ओमबहादुर गुरुङ, संस्थापक अध्यक्ष तुलसीप्रसाद गुरुङ र पूर्वअध्यक्ष पदम गुरुङले नेपथ्यका गायक अमृत गुरुङसँग गुरुङ भाषामा नै संवाद गर्नुभएको थियो । नेपथ्य समूह तथा गायक अमृत गुरुङको सम्मानका लागि आयोजक सदस्यहरु तथा अन्य व्यवसायीहरु आ—आफनो मौलिक साँस्कृतिक भेषभुषामा एयरपोर्ट पुगेको थिए ।

नेपथ्य ऐतिहासिक साँझ कार्यक्रमको ‘परिवारका सबै सदस्यले मनोरञ्जन लिन सकुन् भनेर १६ वर्ष मुनिकालाई फ्री इन्ट्रीको व्यवस्था गरेका छौँ,’ इसेन्स स्माइल्सकी डा. सुलोचना गुरुङले भन्नुभयो, ‘तपाईँहरूले आफूसँग १६ वर्ष मुनिका परिवारका सदस्य लिएर आउन सक्नुहुन्छ र परिवारसँगै मनोरञ्जन गर्नसक्नु हुनेछ ।’

याक प्रोडक्शनकी छोमो डसेलले नेपथ्यजस्तो ‘लिजेन्डरी ब्याण्ड’ लाई टर्मिनल फाइभ जस्तो ठुलो ‘भेन्यू’ मा प्रस्तुत गर्न पाउँदा गर्न गर्व लागेको बताउनुभयो । नेपथ्यलाई न्यूयोर्कमा प्रस्तुत गर्न पाउँदा आफूलाई एकदमै खुशी र गर्व लागेका बताउँदै कार्यक्रममा उपस्थित भई नेपाली संगीतलाई माया गरिदनु अनुरोध गर्नुभयो

टिकटका लागि आयोजकले बनाएको ब्रोसरमा रहेको क्युआर कोड स्क्यान वा गुगल सर्च गर्नु पर्ने छ। साथै, टर्मिनल फाइभको वेबसाइट वा गुगल सर्च गर्दा पनि टिकट खरिदको लिङ्क सजिलै भेटिन्छ। म्युजिकल टुरमा अमेरिकामा रहेको नेपथ्य समूहले ४ वटा शहरमा आफ्नो प्रस्तुती दिइसकेको छ।

टर्मिनल फाइभमा साँझ ठीक ९ बजे नेपथ्यले प्रस्तुति सुरु गर्ने आयोजकले बताएका छन् । कार्यक्रमस्थलमा नेपाली खानाको स्टलसमेत हुने छ । नेपथ्यले लोक संगीतलाई रक शैलीमा गाएर नेपाली संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न ठूलो भूमिका खेलेको छ । बन्दको समयमा शान्तिका लागि शिक्षा अभियान लिएर गाउँ गाउँमा पुगेको थियो ।
कार्यक्रमलाई सफल बनाउनका लागि नेपाली गीत संगीतप्रमी तथा शुभेक्षुकहरुलाई कार्यक्रममा आएर सहयोग गरीदिन आयोजकले अनुरोध गरेको छ । नेपाली श्रोता र दर्शकहरुबीच चर्चित ब्याण्ड नेपथ्यले नयाँ र सर्वकालिक हिट गीतहरु प्रस्तुत गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री