बेलायतमा नेपाली विद्यार्थीले गरिन् आत्महत्या

लण्डन । बेलायतको युनिभर्सिटी कलेज बर्मिङघममा स्नातक तहमा अध्ययनरत विनिता चौलागाईले आत्महत्या गरेकी छिन् ।

उनले सोमबार (अगष्ट २६) बिहान आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको बुझिएको छ ।

निजगढ बाराकी २२ वर्षीया चौलागाई गतवर्ष उच्चशिक्षा अध्ययनका लागि बेलायत आएकी थिइन् । उन फूलबहादुर चौलागाई र रुकु कुमारी चौलागाईको छोरी हुन् ।

उनको शव नेपाल पठाउनका लागि उनका साथीहरुले कोष संकलन शुरु गरेका छन् । (सो कोषमा सहयोग गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।)

बेलायतका लागि नेपालकी कार्यबाहक राजदुत श्रीमती रोशन खनालले चौलागाईको मृत्युका बारेमा दुताबासमा जानकारी आएको र नेपालमा रहेका परिवार तथा बेलायतमा रहेका विनिताका साथीहरुसित समन्वय गरिरहेको जानकारी दिनुभयो ।

उहाँले विनिताले युनिभर्सिटीलाई पूरा शुल्क बुझाइसकेको भए सो शुल्क फिर्ताका लागि दुताबासले पहल गर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री