पलेशा पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्यपदक दिलाउन सफल

काठमाडौँ । पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कांस्यपदक दिलाउनुभएको छ ।

पेरिस पारा ओलम्पिक २०२४ अन्तर्गत शुक्रबार राति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कांस्य जित्नुभएको हो । पारा ओलम्पिकमा पदक जित्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको छ ।

शुक्रबार नै भएको पहिलो चरणको खेलमा उहाँले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउनभएको थियो । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०-८ ले पराजित हुनुभएको थियो ।

दोस्रो चरणमा पराजित भएका कारण उहाँले रिपाचेजमा मौका पाउनुभएको थियो । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उहाँ कांस्य नजिक पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री