रुसमा हेलिकप्टर दुर्घटना,१७ जनाको मृत्यु

रुस । रुसको सुदूर पूर्वमा रहेको कामचट्का प्रायद्वीपमा गत शनिबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएका १७ जनाको शव फेला परेको छ । रुसको मन्त्रालयलका अनुसार बेपत्ता २२ जनामध्ये १७ जनाको शव आइतबार फेला परेको हो । उन्नाइस पर्यटक र तीन जना चालक दलका सदस्य लिएर उडेको उक्त हेलिकप्टर कामचट्का जङ्गली क्षेत्रमा बेपत्ता भएको थियो ।

उद्धारकर्ताहरूले आइतबार बिहान ९०० मिटरको उचाइमा पहाडी क्षेत्रमा हेलिकप्टरको अवशेष देखेको कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले सामाजिक सञ्जाल टेलिग्राममा सार्वजनिक गर्नुभएको श्रव्यदृश्यमा उल्लेख गर्नुभएको छ । दुर्घटना भएको हेलिकप्टरको भग्नावशेष एउटा ठूलो जङ्गलको पहाडको टुप्पो नजिकै ढलानमा रहेको श्रव्यदृश्यमा देखिएको छ ।

दुर्घटनाग्रस्त एमआई हेलिकप्टर सोभियत सङ्घले निर्माण गरेको सैन्य हेलिकप्टर हो । यअघि सन् २०२१ अगस्त १३ तारिखमा पनि १६ जना पर्यटक सवार रहेको एमआई–८ हेलिकप्टर कमजोर दृश्यताका कारण कामचट्काको तालमा दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको थियो ।

सोही वर्षको जुलाईमा पनि एउटा विमान प्रायद्वीपमा अवतरण गर्ने क्रममा २२ यात्रु र ६ जना चालक दलका सदस्यसहित दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री