कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १ सय २९ जनाको मृत्यु, धेरै महिला बलात्कृत भएको मन्त्रालय भनाइ

कंगो । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तीमा १ सय २९ जनाको मृत्यु भएको छ । यस घटनामा मृत्यु भएका मध्ये २४ जनाको चेतावनी पछि गोली हानेर मृत्यु भएको बताउँदै आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देशमार्फत मङ्गलबार घटनाको जनाकारी गराएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन् ।

यस घटनामा धेरै मानिसहरूलाई कुल्चिएको वा तथा भिडभाडमा प्रभावित भएको र धेरै महिलाहरू बलात्कृत भएको मन्त्रालयले जनाएको छ । प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको तथा तनावपुर्ण अवस्था सिर्जना भएको बताएका छन् । एक इलेक्ट्रिशियन दड्डी सोसोले घटना पछि सुरक्षा बलका गाडीले शव लिएर गएको देखेको बताउनुभएको छ ।

सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई हाल स्थिति “नियन्त्रणमा“ रहेको बताउनुभएको छ भने अधिकारीहरूले कति कैदीहरू भागे वा भाग्ने प्रयास गरे भन्ने बारे केहि उल्लेख गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री