इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’ हो : बेलायतका प्रधानमन्त्री

लन्डन । बेलायत सरकारले इजरायलमा हतियार निर्यात आंशिक रूपमा निलम्बन गर्ने कानुनी निर्णय गरेको जनाएको छ ।

प्रधानमन्त्री किअर स्टार्मरले मानवीय कानूनको उल्लङ्घनमा प्रयोग हुनसक्ने डरले बुधबार उक्त निर्णय गरेको जानकारी गराउनुभएको हो । सोमबारको ३५० हतियार निर्यात इजाजतपत्रमध्ये ३० लाई निलम्बन गर्ने घोषणाले इजरायलको आत्मरक्षाको अधिकारका लागि बेलायतको समर्थनमा आएको परिवर्तनलाई सङ्केत नगरेको स्टारमरले बताउनुभयो । उहाँले आफ्ना सहयोगीहरूले बेलायतको कदमलाई बुझ्ने विश्वास व्यक्त गर्नुभयो ।

गाजापट्टीमा हमास लडाकुहरूविरुद्ध इजरायलले गरेको युद्धको सम्बन्धमा विदेश मन्त्रालयले गरेको समीक्षापछि यो निर्णय गरिएको उहाँले बताउनुभयो ।

आंशिक प्रतिबन्धले गाजामा हालको द्वन्द्वमा प्रयोग गर्न सकिने लडाकू विमान, हेलिकप्टर र ड्रोनहरू समावेश गर्दछ तर उन्नत एफ–३५ स्टील्थ लडाकू जेटहरूको निर्यात निलम्बन गरेको छैन । बेलायतको यो निर्णयले इजरायललाई आक्रोशित बनाएको छ र प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमलाई “लाजमर्दो” भएको बताउनुभएको छ ।
यो कदमले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धलाई सङ्केत गरेको कुरा पनि स्टारमरले अस्वीकार गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री