बेलायतमा सेप्टेम्बर ७ र ८ मा गाईजात्रा कार्यक्रम, प्रस्तुति दिन नेपालबाट आए हास्य कलाकार

लन्डन । बेलायतमा यही सेप्टेम्बर ७ र ८ तारिखमा गाईजात्रा कार्यक्रम हुँदैछ ।

इभेन्ट नेपाल युकेको आयोजनामा सेप्टेम्बर ७ शनिबार हेजमा र सेप्टेम्बर ८ आइतबार प्लमस्टिड एशियन कम्युनिटी हलमा कार्यक्रम तय भएको दिपक माइथाने मगरले जानकारी दिनुभयो । ती कार्यक्रमका लागि चर्चित हास्य कलाकारहरू मनोज गजुरेल, सुबोध गौतम, प्रभात लामा, मोहन गजुरेल बुधबार  लन्डन आइपुग्नुभएको छ ।

लन्डनको हिथ्रो विमानस्थल ओर्लिनुभएपछि कलाकारहरुलाई आयोजक इभेन्ट नेपाल युकेका पदाधिकारी लगायतले स्वागत गर्नुभयो ।

हास्य कलाकार गजुरेलले सबै वर्ग युवा, बुबा युके निवासीमात्रै नभई छिमेकी बेल्जियम, फ्रान्सबाट समेत ७ र ८ तारिखको कार्यक्रममा सहभागी हुन उनले आग्रह गर्नुभयो । उहाँको यो तेस्रो पटकको बेलायत भ्रमण हो । इभेन्ट नेपालले कार्यक्रम आयोजना गर्नु सराहनीय रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

यस्तै गौतमले पनि आफूहरु सुविधाजनक तरिकाले बेलायत आएको भन्दै कार्यक्रमका लागि निमन्त्रणा गर्नुभयो ।
लामाले हँसाउने आफूहरुको कर्म भएको भन्दै बेलायतमा सुरु भएको यस्ता कार्यक्रमलाई स्थापित गर्न आग्रह गर्नुभयो ।

गाईजात्रा यूके कार्यक्रममा लाइभ दोहोरी, डाइनामिक म्युजिक टिम (ब्यान्ड) को प्रस्तुति रहने छन् । ७ सेप्टेम्बरको कार्यक्रममा लोक तथा दोहोरी कलाकार टीका सानु, राजु ढकाल र दिपक थापाले प्रस्तुति दिनुहुनेछ भने ८ को कार्यक्रममा मनमाया वाइबा, दीपक थापा र राजु ढकालले गीत गाउने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागीले कार्यक्रम हलको गेटमा ३५ पाउन्ड र अग्रिम टिकेट लिनेले ३० पाउन्ड मात्र तिर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री