बेलायत र अमेरिकाका गुप्तचर प्रमुखको चेतावनी – ‘विश्व व्यवस्थामाथि खतरा बढ्यो’

लन्डन । बेलायतको एमआई–सिक्सका प्रमुख रिचार्ड मुर र अमेरिकी गुप्तचर निकाय (सिआइए) का निर्देशक बिल ब्रन्सले विश्व व्यवस्थामाथि खतरा बढेको चेतावनी दिनुभएको छ ।

मुख्यतया रूस, चीन र मध्यपूर्वबाट अभूतपूर्व खतराहरूको सामना गरिरहेको बताउँदै आफूहरूको साझेदारी महत्वपूर्ण हुने मुर र ब्रन्सले बताएको फाइनान्सियल टाइम्सको विचार पृष्ठमा लेखेको लेखमा उल्लेख गरिएको छ । ‘सहकार्य रहनु पहिलेभन्दा बढी महत्त्वपूर्ण छ’, लेखमा भनिएको छ,’रूसी गुप्तचर निकायले युरोपभरि चलाएको विध्वंसको लापरबाहीपूर्ण अभियानलाई बिथोल्न हामी मिलेर काम गरिरहेका छौँ ।’

संयुक्त राज्य अमेरिका र बेलायत फेब्रुअरी २०२२ मा शुरू गरिएको रूसी आक्रमणको प्रतिरोधमा युक्रेनको प्रमुख वित्तीय र सैन्य समर्थकमध्ये दुई प्रमुख राष्ट्र हुन् । लेखमा ‘उनीहरू (अमेरिका र बेलायत)ले उन्नत एआई र क्लाउड प्रविधिको प्रयोग अहिले कसरी गरिरहेका छन् भन्ने कुरा पनि उल्लेख गरेका छन् ।

पश्चिमा मुलुक र खासगरी अमेरिका र बेलायतले ती प्रविधिले सङ्कलन गरेका तथ्याङ्कको विशाल भण्डारहरू प्रयोग गरिरहेका लेखमा महत्वका साथ उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री केइर स्टार्मरलाई सेप्टेम्बर १३ मा वासिङ्टनमा स्वागत गर्ने कार्यक्रम तय भएको वा स्टार्मरको भ्रमणको घोषणा भएको समयमा उक्त चेतावनी आएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री स्टार्मरलाई स्वागत गर्ने कार्यक्रम केही दिनअघि तय भएको थियो ।

इजरायलप्रति दुई राष्ट्रको अडान फरक–फरक रहेको समयमा यो बैठक हुन लागेको हो ।

युद्धग्रस्त गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी आफूले उपलब्ध गराएका हतियार प्रयोग हुनसक्ने भन्दै बेलायतले इजरायललाई ३० वटा हातहतियार निर्यात अनुमतिपत्र स्थगन गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री