सहारा क्लब अस्ट्रेलियाका अध्यक्ष राजमान थकालीको ५० वर्षको उमेरमा निधन

लन्डन । सहारा क्लब अस्ट्रेलियाका अध्यक्ष राजमान थकालीको ५० वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि फोक्सोको रोगबाट पीडित थकालीको शनिबार निधन भएको सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकालीले जानकारी गराउनु भएको छ । उहाँका अनुसार राजमाननको अस्ट्रेलियामै नेपाली समयअनुसार शनिबार साँझ साढे ५ बजे निधन भएको हो ।

राजमानका श्रीमती र २ जना छोराहरु हुनुहुन्छ । उहाँको नेपालमा पोखरा ८, नागढुंगामा घर छ । पोखराको सभागृहचोकस्थित मुग्लान रेष्टुरेष्ट तथा पोखरामै संचालित मिमाअस कन्सल्टेन्सीका संचालक राजमान लामो समयदेखि अस्ट्रेलियामै बसोबास गर्दै आएका थिए ।

फुटबल खेलमा अभिरुची राख्ने उनी सहाराले अस्ट्रेलियामा विस्तार गरेको आफ्नो शाखामा उनी संस्थापक अध्यक्ष भइ सेवा गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री