बेलायती प्रधानमन्त्री स्टार्मर आयरल्यान्ड भ्रमणमा

लन्डन । बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले शनिबार आयरल्यान्ड भ्रमण सुरु गर्नुभएको छ ।

ब्रेक्जिटपछि युरोपेली सङ्घ (ईयू) राष्ट्रसँग बिग्रिएको सम्बन्ध पुनर्स्थापित गर्ने उदेश्यले प्रधानमन्त्री स्टार्मरले आयरल्यान्ड भ्रमण गर्नुभएको हो । यो पाँच वर्षयता बेलायती नेताको पहिलो आयरल्याण्ड भ्रमण हो ।

डाउनिङ स्ट्रिटले अघिल्लो कन्जर्भेटिभ सरकारको शासनकालमा बिग्रिएको द्विपक्षीय सम्बन्धलाई जोड्दै यो भ्रमणलाई “संयुक्त राह्य (युके)–आयरल्यान्ड सम्बन्धका लागि ऐतिहासिक क्षण” भनेर वर्णन गरेको छ । आयरल्याण्डका समकक्षी साइमन ह्यारिसले स्टारमरलाई डब्लिनमा स्वागत गर्नुभएको छ ।

युके–आयरल्यान्ड सम्बन्ध “कहिले पनि आफ्नो पूर्ण क्षमतामा पुगेको छैन र म यसलाई परिवर्तन गर्न चाहन्छु”, डाउनिङ स्ट्रीटले जारी गरेको टिप्पणीमा स्टारमरले भन्नुभयो । बेलायतीहरूले सन् २०१६ मा एउटा ऐतिहासिक जनमतसंग्रहमा युरोपेली सङ्घबाट बाहिरिने पक्षमा मतदान गरेका थिए र वर्षौँको राजनीतिक विभाजन र गतिरोधपछि अन्ततः सन् २०२० मा देश युरोपेली सङ्घबाट बाहिरिएको थियो। कन्जर्भेटिभ पूर्व प्रधानमन्त्री बोरिस जोनसनको यो कदमलाई आयरल्यान्ड र उत्तरी आयरल्यान्डको ब्रिटिश प्रान्त बीचको सम्बन्धलाई अस्थिर पारेको भन्दै आलोचना गरिएको थियो ।

शनिबारको भ्रमणका क्रममा दुई देशका नेताहरुले ’गुड फ्राइडे सम्झौता, सन् १९९८ मा भएको ऐतिहासिक शान्ति सम्झौता र उत्तरी आयरल्यान्डमा मेलमिलापका लागि आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री