बेलायत निवासी नेपालीहरू कैलाश मानसरोवर यात्रामा

लन्डन । बेलायत बस्ने नेपालीहरु कैलाश मानसरोवरको करिब तीन साताको यात्राका लागि प्रस्थान गर्नुभएको छ ।

शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेका अध्यक्ष विक्रम भट्टराई नेतृत्वको टोलीले करिब तीन साताको भ्रमणका लागि शनिबार लन्डनस्थित हिथ्रो एयरपोर्टबाट नेपाल प्रस्थान गरेको हो । टोलीले पशुपतिलगायत नेपालका धार्मिक स्थलहरु भ्रमण गर्ने कार्यक्रम छ । टोली आइतबार नै काठमाडौं पुगिसकेको छ ।

करिब २८ जनाको टोलीको उद्देश्य नेपालको धार्मिक पर्यटन प्रवर्धन पनि रहेको अध्यक्ष भट्टराईले बताउनुभयो ।

कैलास पर्वत र मानसरोवर ताल चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिमी क्षेत्रमा अवस्थित हिन्दू, बौद्ध, जैन र बोन धर्म सम्प्रदायहरुको धार्मिक रुपमा पवित्र महातीर्थ स्थल मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री