क्रिस्टिना पुनलाई ‘मिस मगर नेपाल-२०२४’ को उपाधि

काठमाडौँ । सातौँ संस्करणको मिस मगर नेपाल २०२४ को उपाधि म्याग्दीकी क्रिस्टिना पुन मगरले जित्नुभएको छ ।

पोखराको होटल ग्रान्डमा शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै क्रिस्टिनाले उपाधि जित्नुभएको हो । म्याग्दीकै आशिका गर्बुजा मगर फस्ट रनरअप र नरिशा पुन मगर सेकेन्ड रनरअप बन्नुभयो । थर्ड रनरअप रश्मी आले मगर तथा भ्युअर च्वाइस अवार्ड माया दर्लामी मगरले जित्नुभयो ।

एसटी क्रिएसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा प्रतियोगिता आयोजना गरेको हो । फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीलगायतको सहभागिता थियो । अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट ११ प्रतियोगीले करिब एक महिनासम्म सिकेका कुरालाई ग्रान्ड फिनालेमा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री