द सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूकेको अध्यक्षमा सुबोध निर्विरोध निर्वाचित

मनोज पुन
लन्डन । द सोसाइटी अफ नेप्लिज इन्जिनियर्स (सोने यूके) यूकेको अध्यक्षमा सुबोध तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको छ ।

लन्डनको ब्ल्याकहीथस्थित एभरेष्ट इनमा शनिबार ७ सेप्टेम्बर २०२४ मा भएको एसओएनईको वार्षिक साधारणसभा तथा निर्वाचनबाट छैटौं कार्यसमिति अध्यक्षमा तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको हो । नयाँ कार्यसमिति उपाध्यक्ष पदमा डा. रुद्र पौडेल, महासचिवमा मनोज पुन, सचिवमा संगीता पोखरेल र कोषाध्यक्षमा सुमन चालिसे चयन हुनुभएको छ ।

त्यसैगरी, डा. ब्रह्मानन्द सापकोटा, पुकार सिवाकोटी, डा. सूर्यनाथ घिमिरे, सुजन शर्मा, र सुजीत शर्मा पनि कार्यसमितिका सदस्यहरूमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

वार्षिक साधारणसभाको अध्यक्षता निवर्तमान अध्यक्ष रुद्र कोइरालाले गर्नुभएको थियो भने सञ्चालन निवर्तमान सचिव सज्ञन खरेलले गर्नुभएको थियो । कोइरालाले पाँचौं कार्यसमितिले आफ्नो दुई वर्षे कार्यकालमा सम्पन्न गरिएका गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदन वार्षिक साधारणसभाले अनुमोदन गरेको छ ।

साधारणसभामा समाजका विविध गतिविधिहरूमा पनि छलफल गरिएको थियो । नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले आगामी कार्यकालको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गरेपछि कार्यक्रम समापन भएको थियो ।

सन् २००७ मा स्थापना भएको एसओएनईले आफ्ना सदस्यहरूको हितका लागि कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री