नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलको राजीनामा

काठमाडौँ । निर्वाचनको वातावरण नबनेको भन्दै नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पदबाट राजीनामा दिनुभएको छ ।

अध्यक्ष पोखरेलले महाधिवेशन सम्पन्न भएर पटक-पटक निर्वाचनको मिति तोकिसक्दा पनि निर्वाचनको वातावरण नबनेकोप्रति दु:ख व्यक्त गर्नुहुँदै सोमबार राजीनामा दिनुभएको हो ।

उहाँले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवहाक अध्यक्षको जिम्मेवारीसमेत तोक्नुभएको छ ।

पछिल्लो पटक अध्यक्ष पोखरेलले असोज ५ गते निर्वाचन गर्न मिति तोक्नुभएको थियो । त्यसको तयारीका लागि आइतबार महासंघका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठक बसेको थियो ।

पत्रकार महासंघमा जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन एकैदिन गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री