बेलायत, जर्मनी, फ्रान्सले लगाए इरानमाथि प्रतिबन्ध

लन्डन । बेलायत, जर्मनी, फ्रान्सले हवाई यातायातलाई लक्षित गर्दै इरानमाथि नयाँ प्रतिबन्धको घोषणा गरेका छन् ।

युक्रेन युद्धमा प्रयोगका लागि इरानले रुसलाई ब्यालेस्टिक मिसाइलहरू आपूर्ति गरेकोमा निन्दा गर्दै इरानमाथि मङ्गलबार प्रतिबन्ध घोषणा गरिएको हो । ‘हामी इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्न तत्काल कदम चाल्नेछौँ’, तीन युरोपेली मुलुकले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘इरानको आकाशमा प्रतिबन्ध लगाउने दिशामा पनि काम गर्नेछौँ ।’

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले यसअघि लन्डनको भ्रमणमा रुसलाई ब्यालेस्टिक मिसाइलको खेप प्राप्त भएको र ‘सम्भवतः केही साताभित्र युक्रेनमा तिनीहरूको प्रयोग गरिने’ बताउनुभएको थियो । लन्डन, पेरिस र बर्लिनले ‘इरानविरुद्ध नयाँ र महत्त्वपूर्ण चेतावनी’ का बाबजुद यदि उसले मिसाइल पठाएको छ भने ‘इरानले यी हतियार स्थानान्तरण गरेको पुष्टि भएको छ’ भनेका छन् ।

तीनै मुलुकले इरानसँग द्विपक्षीय हवाई सेवा सम्झौता रद्द गर्नका लागि तत्काल कदम चाल्ने बताएका छन् । “यसबाहेक हामी इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम र रुसलाई ब्यालेस्टिक मिसाइल तथा अन्य हतियार स्थानान्तरणमा सामेल महत्त्वपूर्ण संस्था र व्यक्तिहरूको ओहोदाको जाँच गर्नेछौँ”, उनीहरूले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री