बेलायतमा पहिलो ‘गाईजात्रा’कार्यक्रम

लन्डन । इभेन्ट्स नेपाल यूके र ब्राण्डवर्थ प्रालिको सहकार्यमा बेलायतमा पहिलोपटक गाईजात्रा कार्यक्रम भएको छ ।

आइतबार साँझ लन्डन प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा हास्य कलाकार मनोज गजुरेल, सुबोध गौतम, प्रताप लामालगायतको प्रस्तुति र कलाकारहरुको दोहोरीसहित ‘गाईजात्रा यूके’कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कलाकार गजुरेल भूतपूर्व गोर्खा क्याप्टेन मिस्टर थापा र गौतम प्रधानमन्त्री ओली र नेपाली वैज्ञानिक महावीर पुनको अवतारमा देखिएका प्रभात लामा उपस्थित हुनुभएको थियो ।

भूतपूर्व लाहुरेको अवतारमा स्टेज उत्रिएर गजुरेलले प्रस्तुति राख्दा दर्शकदीर्घामा रहेका सयौं भूतपूर्व वृद्धवृद्धा कतिबेला भावुक देखिन्थे । बेला बेला हाँसो थाम्न नसकेर उत्साहित पनि हुन्थे ।

दिपक मैथाने मगरले सञ्चालन गरेको प्लमस्टिड गाईजात्रा शोमा गायक दीपक घर्तीमगर एवं लोकदोहोरी गायक, गायिका मनमाया वाइबा र राजु ढकालले दोहोरी गाएर दर्शक नचाउनुभयो भने अघिल्लो दिन हेजमा आयोजित पहिलो शोमा गायक गायिका टिका सानु र राजु ढकालको विशेष दोहोरी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री