बेलायतवासी नेपाली भ्रमण टोली काठमाडौंबाट कैलाशतर्फ हिँड्यो


लन्डन । बेलायतवासी नेपाली भ्रमण टोली काठमाडौंबाट बुधबार बिहानै कैलाशतर्फ हिँडेको छ ।

७ सेप्टेम्बरमा हिथ्रो एयरपोर्टबाट कैलाश यात्राका लागि नेपाल हिँडेको टोली काठमाडौंस्थित धार्मिक स्थलहरु पशुपति, गुहेश्वरी र बुढानीलकण्ठ भ्रमणपश्चात् पूर्ण तयारीका साथ बुधबार कैलाशतिर प्रस्थान गरेको हो ।

शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर युकेको आयोजनामा हुँदै गरेको भ्रमण टोलीमा ३ विदेशीसहित २८ जना छन् । उहाँहरु १७ दिनको भ्रमण सकेर २३ सेप्टेम्बरमा काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री