भाकपा प्रभावशाली नेता सिताराम यचुरीको ७२ वर्षको उमेरमा निधन

नयाँदिल्ली । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको ७२ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका क्रममा यचुरीको निधन भएको हो ।
श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित यचुरीले एम्सको आईसीयूमा उपचार गराइरहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । १९५२ अगस्ट १२ मा भारतको चेन्नईमा जन्मिएका यचुरी भारतीय राजनीतिका प्रभावशाली नेता हुनुहुन्छ । उहाँ सन् २०१५ देखि कम्युनिस्ट पार्टीका महासचिव हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री