बेलायतमा ६ अक्टोबरमा रसमुर वेलेस्ली १० किमि दौड प्रतियोगिता

लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले आगामी ६ अक्टोबर २०२४ मा ‘रसमुर वेलेस्ली’ दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

जीआरएनसीको ८ सेप्टेम्बरमा अल्डरसटस्थित दि लन्ज रेस्टुरेन्टमा बसेको बैठकले रसमुर वेलेस्ली १० किलोमिटर र २ किलोमिटर दौड प्रतियोगिता गर्ने निर्णय गरेको अध्यक्ष मान गुरुङले जानकारी दिनुभएको छ । उहाँले ५ किलोमिटर गोर्खा भीसी दौडको विषयमा भने पछि मिति तय हुने छ ।

अल्डरसटस्थित मिलिटरी एथ्लेटिक्स स्टेडियममा हुने दौड प्रतियोगितासँगै फन रनसमेत समावेश गरिनेछ । बैठकले गोर्खा भीसी दौड तयारीका लागि उपाध्यक्ष डा. विशाल गुरुङलाई संयोजकको जिम्मेवारी दिएको छ । मार्सल संयोजक उपाध्यक्षद्वय उत्तरबहादुर गुरुङ र जित मेन्याङ्बोलाई तोकिएको छ । विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

रसमुर वेलेस्ली १० किलोमिटर र २ किलोमिटर दौड जीआरएनसी र ब्ल्याक वाटर भ्याली रनको सहकार्यमा हुन लागको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री