नेपालमा जिप दुर्घटना, गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढामगरसहित ३ जनाको मृत्यु

काठमाडौं । नेपालको बागलुङमा जिप दुर्घटना हुँदा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगरसहित तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान रा १ झ २०० नम्बरको पिकअप दुर्घटना भएको हो । दुर्घटनामा मृत्युभएकाको सनाखत भइसकेको छैन ।एक जना घाइते भएका छन् ।

बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ गइरहेको जिप आज बिहान दुर्घटना भएको हुँदा २ महिला र १ पुरुषको ज्यान गएको हो । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ ।

उक्त गाडी काठमाडौंदेखि रुकुम पूर्व जाँदै गरेको खुलेको छ । घटनास्थलबाट एकजनालाई जीवितै उद्धार गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री