नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सारियो, अब १२ असोजमा गर्ने


काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ । यसअघि असोज ५ गते तिनै तहको निर्वाचन गर्नेगरी मिति घोषणा भएकोमा महासंघले शुक्रबार असोज १२ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिनुभएपछि परिस्थिति असहज बनेकोले निर्वाचन मितिमा सामान्य हेरफेर गरिएको महासंघद्वारा जारी  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शनिबार मतदाता सूची र निर्वाचन तालिका सार्वजनिक गर्ने सहमति भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री