विभिन्न कार्यक्रमसहित बेलायतमा ६ जीआरको वार्षिक भेटघाट सम्पन्न

लन्डन । बेलायतमा विभिन्न कार्यक्रमसहित ६ जीआरको वार्षिक भेटघाट सम्पन्न भएको छ ।

फानबोरोमा रहेको सामुयल कोडी कलेजमा शनिबार १४ सेप्टेम्बर २०२४ मा वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रम ६ गोर्खा राईफल्स बेलायतका संयोजक मेजर खुशीमान गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । उहाँले सोही क्रममा उपस्थित सम्पूर्ण ६ गोर्खा राईफल्सका सदस्यहरुलाई स्वागत गर्नुभएको थियो ।

यसैगरी ६ गोर्खा राईफल्स बेलायतका चियरमेन ब्रिगेडियर डंकन ब्रिग र नेपालका चियरमेन मेजर चन्द्र गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो । औपचारिक कार्यक्रम लगत्तै नेपालबाट आएका कलाकारहरुले कार्यक्रममा प्रस्तुति दिँदा थप रोचक बन्यो ।

यस वर्षको भेटघाट कार्यक्रममा नेपालबाट बेलायत आउनु भएका लोक तथा दोहोरी गायिका सबिना गुरुङ, मोडल, नायिका र डान्सर लक्ष्मी गुरुङ, मोडल तथा डान्सर आरुषी मगरका साथै स्थानीय कलाकारहरु क्याप्टेन वीरबहादुर थापा र खमिरजंग गुरुङले आ-आफ्नो दमदार प्रस्तुति दिनुभएको थियो । कलाकारसँगै ६ गोर्खा राईफल्सका सदस्य तथा उहाँहरुका परिवार नाचगानमा रमाउनुभएको थियो ।

कार्यक्रममा आ-आफ्नो कम्पनी साथै नेपाल कप फुटबल टिम र बटालियन सुटिङ टिमको सामूहिक तस्बिर खिचिएको थियो । संयोजक मेजर खुशीमान गुरुङ, उपसंयोजक अमृत गुरुङले प्रायोजन गरेको राफल ड्र कार्यक्रम कुमार गुरुङले संचालन गर्नुभएको थियो । कार्यक्रम गोलमान गुरुङले संचालन गर्नुभएको थियो भने उपसंयोजकको भूमिका अमृत गुरुङले निभाउनुभयो ।

कार्यक्रममा ६ गोर्खा राईफल्सका अफिसरलगायत झन्डै चार सय जनाको उपस्थिति रहेको आयोजकले दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री