नेपालका राष्ट्रिय खेलाडी प्रकाश राईको निधन

काठमाडौं । शारीरिक सुगठनका नेपाली राष्ट्रिय खेलाडी प्रकाश राईको निधन भएको छ । उहाँ पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता हुनुहुन्थ्यो ।

मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ निवासी राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता हुनुहुन्थ्यो । मोरङको ‘फोनिक्स फिटशाला’ बाट सहभागी बन्न उहाँ काठमाडौं आउनु भएको थियो । टोखा नगरपालिका-६ स्थित ग्रीनल्यान्ड होटलमा बस्दै आउनुभएका उहाँ बुधबार बिहान ६ बजेतिर अचानक लड्नुभएको थियो । उपचारका लागि नजिकैको ग्रान्डी अस्पताल लगिए पनि चिकित्सकले उहाँलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री