बेलायतसहित १६ देशका प्रस्तावित नेपाली राजदूत संसदीय सुनुवाइ समितिबाट अनुमोदित

काठमाडौँ । संसदीय सुनुवाइ समितिले बेलायतका लागि चन्द्रकुमार घिमिरेसहित १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ ।

सिंहदरबारमा १९ सेप्टेम्बर बिहीबार बसेको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिनुभयो । सिफारिस राजदूतको नाम यस प्रकार छन् ।

१ चीन : प्राडा कृष्णप्रसाद ओली
२ बेलायत : चन्द्रकुमार घिमिरे
३ जर्मनी : डा शैल रुपाखेती
४ भारत : शंकरप्रसाद शर्मा
५ इजरायल : डा धनप्रसाद पण्डित
६ मलेसिया :डा नेत्रप्रसाद तिमल्सिना
७ पाकिस्तान : रीता धिताल
८ पोर्चुगल : प्रकाशमणि पौडेल
९ कतार : रमेशचन्द्र पौडेल
१० रुस : जंगबहादुर चौहान
११ दक्षिण अफ्रिका : प्राडा कपिलमान श्रेष्ठ
१२ साउदी अरब : नरेशविक्रम ढकाल
१३ दक्षिण कोरिया : डा शिवमाया तुम्बाहेम्फे
१४ स्पेन : सनिल नेपाल
१५ अमेरिका : लोकदर्शन रेग्मी
१६. डेनमार्क :सुम्निमा तुलाधर

शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम भने अनुमोदन भएन । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको विषयमा अर्को बैठकमा छलफल हुनेछ । उहाँको विषयमा निर्णय गर्नेबारे स्नातक उत्तीर्णको प्रमाणपत्र नभेटिएको बताइएको छ । समितिको बैठकबाट अनुमोदन भएका राजदूतहरूको अब सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रपतिबाट नियुक्त भई शपथ हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री