नेपालमा सहकारीको पैसा ठगेर भागेकामध्ये ५ जना बेलायतमा : प्रतिवेदन


काठमाडौँ । नेपालबाट सहकारीको बचत रकम ठगेर भागेकामध्ये ५ जना बेलायतमा रहेको तथ्य सार्वजनिक भएको छ ।

सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिले शुक्रबार सार्वजनिक प्रतिवेदनमा २९ जना फरारमध्ये ५ जना बेलायतमा रहेको उल्लेख छ । समितिले सुमेरु बचत तथा ऋण सहकारी स‌ंस्था लि.को पैसा ठगेर भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन‚ सरला महर्जन, निमित्तराज श्रेष्ठ बेलायतमा रहेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

यस्तै स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी स‌ंस्था लि.को रकम ठगी गरेर गितेन्द्रबाबु राई (जीबी) मलेसियामा रहेको प्रतिवेदनमा लेखिएको छ । फरार भएकै कारणले उनीसँग बयान लिन नसकिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

फरारको सूचीमा रहेका उनीहरूलाई उपलब्ध गराइदिन समितिले सरकारलाई निर्देशन दिएको प्रतिवेदनमा लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री