राप्रपा अध्यक्ष लिङ्देन बेलायतमा

लन्डन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा नेपालका सरकारका पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देन शनिबार बेलायत आइपुग्नु भएको छ ।

लिङ्देन नेतृत्वको राप्रपा नेताहरुको टोली शनिबार मध्याह्न (२१ सेप्टेम्बर २०२४) लन्डनको गेटवीक एयरपोर्ट ओर्लनुभएको हो । अध्यक्ष लिङ्देनलगायत नेतालाई प्रवासी नेपाली एकता समाज (पानस) का अध्यक्ष रोशन सापकोटा, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर लगायतले विमानस्थलमा स्वागत गर्नुभयो ।

उहाँहरु पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस)को आइतबार र सोमबार हुने कार्यक्रममा सहभागी हुन बेलायत आउनुभएको हो ।

प्रतिनिधिमण्डलमा पार्टी प्रमुख सचेतक ज्ञानबहादुर शाही, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की र अध्यक्ष लिङ्देनका श्रीमती सिता थापा हुनुहुन्छ । पानसको आयोजनामा यही असोज ७ र ८ गते लण्डन र स्कटल्याण्डमा हुने कार्यक्रममा उहाँहरु सहभागी हुनुहुनेछ । साथै प्रतिनिधिमण्डलले त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा नेपाली समुदायसँग छलफल गर्ने जनाइएको छ ।

उहाँहरु यही असोज १० गते भ्रमण टोली स्वदेश फिर्ता हुने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री