अक्टोबर १९ मा तमु धीं यूकेको ‘लाइफ मेम्बर्स डिनर नाइट’, आदर्श तमु अवार्ड वितरण गरिने

लन्डन । विभिन्न कार्यक्रमसहित तमु धीं यूकेको आजीवन सदस्य रात्रिभोज (लाइफ मेम्बर्स डिनर नाइट) आगामी १९ अक्टोबर २०२४ मा हुने भएको छ ।

हरेक वर्ष आयोजना गर्दै आएको रात्रिभोज कार्यक्रम यस वर्ष एम्पायर हल अल्डरसटमा १९ अक्टोबरमा गर्ने तय भएको वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले जानकारी दिनुभएको छ । तमु धीं यूकेको वर्षभरिका चार वटा मुख्य कार्यक्रम मध्येको यस कार्यक्रमको अझ बढी महत्त्व रहेको संस्थाले जनाएको छ ।

कार्यक्रममा तमु धीं यूकेलाई अथाह सहयोग र अतुलनीय योगदान दिने उत्कृष्ट तमु/तमुस्योलाई आदर्श तमु/तमुस्योले विभूषित बनाई सम्मान गरिनेछ । अवार्ड पाउने व्यक्तिहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

तमु धीं यूके जस्तो बृहत् संस्थामा जोडिन आएका नवआजीवन सदस्यलाई स्वागत तथा सम्मानसमेत गरिनेछ ।

कार्यक्रममा उपस्थित हुन सम्पूर्ण महानुभावलाई तमु धींले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री