लेबनान–इजरायल सीमामा युद्धविराम गर्न बेलायतलगायत १२ देशको आग्रह

लन्डन । बेलायत, अमेरिका र युरोपेली संघलगायतका १२ देशले लेबनानमा अस्थायी युद्धविरामको लागि आह्वान गरेका छन् । शत्रुता असहनीय भएको र सीमा क्षेत्रमा जारी जोखिम इजरायल वा लेबनानका जनताको हितमा नभएको ती देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

तीन साता लामो युद्धविरामले द्वन्द्व अन्त्यका लागि कूटनीतिक समाधानका लागि ठाउँ प्रदान हुने र गाजामा युद्धविराम गर्न सम्भव हुने उनीहरूले जनाएका छन् । विज्ञप्तिमा बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारले हस्ताक्षर गरेका छन् ।

सोमबारयता इजरालले लेबनानमा गरेका हवाई आक्रमणमा ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ । कम्तीमा १८ सय जना घाइते भएका जनाइएको छ । आक्रमणका कारण दक्षिणी लेबनानबाट दशौं हजार विस्थापित भएका छन् । गत वर्ष अक्टुबर ७ मा गाजामा युद्ध सुरू भएयता इजरायल र हेजबुल्लाहबीच सीमापार आक्रमण जारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री