नेपालमा प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान स्थगित

काठमाडौँ । मौसममा आएको खराबीका कारण नेपालमा सबै आन्तरिक उडान स्थगित गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शुक्रबार साँझ ७ देखि भोलि बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको जनाएको छ । निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानकासूचना अधिकारी ज्ञानेन्द्र भुलको भनाइ छ ।

विगत १५ घण्टायता निरन्तरको वर्षाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् । आन्तरिकतर्फ अधिकांश विमानस्थलमा उडान हुन सकेन भने अन्तर्राष्ट्रिय उडानतर्फ केही विमान लामोसमय होल्ड भएर अवतरण गरेका थिए ।

क्यानका अनुसार हाल आन्तरिकतर्फ बिहान ६ बजेदेखि राति १० बजेसम्म उडान हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री