नेपालमा बाढीपहिरोको बबन्डर : काठमाडौँ उपत्यकामै २१ जनाको मृत्यु, ५ बेपत्ता

काठमाडौं । नेपालमा वर्षाजन्य विपद्मा परी काठमाडौं उपत्यकमै २१ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार दिउँसो १ बजेसम्म काठमाडौँमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको हो ।

वर्षाजन्य विपद्का घटनामा परी ५ जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभएको छ । बाढीपहिरो तथा डुबानमा परेका ७ सय २८ जनालाई उद्धार गरिएको उहाँले बताउनुभयो ।

बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन्भने दुई सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।

विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री