बाढी, पहिरो पीडितका लागि सहयोग गर्न एनआरएनए यूकेको अपिल [पत्रसहित]

लन्डन ।  गैर आवासीय नेपाली संघ (एनआरएनए यूके)ले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्‌ पीडित नेपालीलाई सहयोग गर्न अपिल गरेको छ ।

एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरले यतिबेला मातृभूमि रुँदा आफूहरुको पनि मन रोएको उल्लेख गर्नुहुँदै क्षमताले भ्याएसम्म सहयोग गर्न सबै बेलायतवासी नेपालीहरुलाई अपिल गर्नुभएको हो । सहयोग अभियान अध्यक्ष गाहामगरले ३० पाउन्ड, एनआरएनए अभियन्ताहरु डेभिड गुरुङले ३० पाउन्ड र अनिल मल्लले ३० पाउन्ड दान गरेर थालनी भएको छ ।

अध्यक्ष गाहामगरले संकलित चन्दा सिधै पीडितलाई दिने र रकम पारदर्शीरुपमा विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

गत बिहीबार रातिदेखि शनिबार अपराह्नसम्मको वर्षापछि निम्तिएको बाढीपहिरो र डुबानमा परी सोमबारसम्म नेपालभर २ सयभन्दा बढीको मृत्यु भएको छ । दर्जनौं बेपत्ता र घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री