तमु समाज युके १८ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रमसहित मनाइयो वार्षिकोत्सव

लन्डन । तमु समाज युके यही सेप्टेम्बर ३० तारिखमा १७ वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ ।

समाजले लन्डनको वेम्बलीस्थित बारहमपार्कमा रहेको आफ्नै समाज घरमा २८ सेप्टेम्बर २०२४ मा विभिन्न कार्यक्रमसहित
१७ औं वार्षिकोत्सव मनाएको छ । समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेको सभापतित्वमा भएको कार्यक्रममा रोयल बरो अफ ग्रीनवीचका मेयर जीत रानाभाट प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रम अध्यक्ष बिन्दुकुमारी गुरुङ, प्रमुख अतिथि रानाभाट, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहका अध्यक्ष विमला गुरुङ र युवा समूहका प्रजुल गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

अध्यक्ष, प्रमुख अतिथि, काउन्सिलर कमल गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, उपाध्यक्ष भीमबहादुर गुरुङ, उपाध्यक्ष मिरा गुरुङ, पूर्वअध्यक्ष शिवचन्द्र गुरुङ, आमा समूहका अध्यक्ष विमला गुरुङ, महासचिव सुब घले आदिले संयुक्त रूपमा केक काट्ने र स्याम्पेन फोरेर खुसीयाली मनाइएको थियो ।

कार्यक्रममा उपाध्यक्ष भीम गुरुङले समाजको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्म गरेका उपलब्धि समेट्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।

यस्तै समाजलाई पुर्‍याएको सहयोगको उच्च मूल्यांकन गर्दै तीन जना सदस्यलाई ‘उत्कृष्ट समाजसेवा सम्मान २०२४’ ले सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा भद्र कुमारी गुरुङ, बिजयता गुरुङ र लक्ष्मी गुरुङ रहनुभएको छ । उहाँहरुलाई अध्यक्ष बिन्दु घले, प्रमुख अतिथि र संस्थापक अध्यक्षले प्रमाणपत्र, खादा र पछ्यौरा ओढाएर सम्मान गर्नुभएको थियो ।

अन्य संघसंस्थाबाट तमु प्ये ल्हु संघ यूकेका पूर्वअध्यक्ष सोम त्होर्जे गुरुङ र उनकी धर्मपत्नी बबिता गुरुङलाई अध्यक्ष, प्रमुख अतिथि र संस्थापक अध्यक्षले विशिष्ट सम्मानपत्र, खादा, फेटा र पछ्यौरा ओढाएर सम्मान गर्नुभएको थियो ।

तमु समाज यूकेले समाजका सदस्यहरूले अन्य संस्थामा नेतृत्वकर्ताको गरिमामय पदभार सम्हालिरहेकोमा त्यसको प्रशंसा गर्दै सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा गोरखा जिल्ला तमु समाज यूकेको अध्यक्ष टेकमान गुरुङ रहनुभएको थियो । तमु समाज यूकेको अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहका अध्यक्ष विमला गुरुङले फेटा र खादा लगाएर सम्मान गर्नुभएको थियो ।

महासचिव सुब घलेले समाज घरको आर्थिक सहयोगका लागि दान दिने चन्दादाताको नाम सुनाउनुभएको थियो । जसअनुसार पूर्वउपाध्यक्ष तथा सल्लाहकार लेरि पञ्चबहादुर गुरुङ तथा पूर्वउपाध्यक्ष तथा सल्लाहकार रेणुमाया गुरुङले १००० पाउन्ड, तमु प्ये ल्हु संघ यूकेका पूर्वअध्यक्ष सोम गुरुङ तथा श्रीमती बबिता गुरुङले ११११ पाउन्ड र गोर्खा जिल्ला तमु समाज यूकेका अध्यक्ष तथा तमु समाज यूकेका पूर्वकार्यसमिति सदस्य टेकमान गुरुङ तथा उहाँकी धर्मपत्नी चीनू गुरुङले १००५ पाउन्ड सहयोग गरेको विवरण सुनाउनुभएको थियो । सबै चन्दादातालाई धन्यवाद दिइएको थियो ।

तमु समाज यूकेका सल्लाहकार तथा गोर्खा जिल्ला गुरुङ समाज यूकेका संस्थापक ले.रि थमप्रसाद गुरुङ, सल्लाहकार काउन्सिलर कमल गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

महासचिव सुब घलेको सञ्चालनमा औपचारिक कार्यक्रम बेलुका करिब ६ बजे सुरु भएर राति ११ बजे समापन भएको थियो । वार्षिकोत्सवमा समाजका सल्लाहकार काउन्सिलर कमल गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, उहाँकी धर्मपत्नी जयन्ती देवी गुरुङ, पूर्वअध्यक्षहरू अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, उहाँकी धर्मपत्नी तथा उपाध्यक्ष मिरा गुरुङ, उपाध्यक्षहरू भीमबहादुर गुरुङ, केदार गुरुङ आमा समूहकी अध्यक्ष विमला गुरुङ, गोर्खा जिल्ला तमु समाज यूकेका अध्यक्ष तथा तमु समाज यूकेका पूर्वकार्यसमिति सदस्य टेकमान गुरुङका साथै उहाँकी धर्मपत्नी चीनु गुरुङ, तमु प्ये ल्हु संघ यूकेका पूर्वअध्यक्ष सोम गुरुङ उहाँकी धर्मपत्नी बबित गुरुङलगायतको उपस्थिति थियो ।

यसैगरी, सल्लाहकार तथा तमु धीं यूकेका पूर्वअध्यक्ष सुव सिङ गुरुङ बीईएम, सल्लाहकार तथा गोर्खा जिल्ला गुरुङ समाज यूकेका संस्थापक अध्यक्ष ले.रि. थमप्रसाद गुरुङ, पूर्वउपाध्यक्ष तथा सल्लाहकार रेणुमाया गुरुङ, पूर्वउपाध्यक्ष तथा सल्लाहकार लेरि पञ्चबहादुर गुरुङ, पूर्वउपाध्यक्ष तथा सल्लाकार बिजु गुरुङ, पूर्वकोषाध्यक्ष तथा सल्लाहकार उदय गुरुङ, पूर्वउपाध्यक्ष तथा सल्लाहकार हर्क गुरुङ, पूर्वउपाध्यक्ष तथा सल्लाहकार कन्यप्रसाद गुरुङ, सल्लाहकार अन्य सल्लाहकारको पनि उपस्थिति थियो ।

कार्यक्रममा समाजका युवा समूहबाट नृत्यांगना सुमिना गुरुङ र शुमी गुरुङले भरपुर मनोरञ्जन दिलाउनु भएको थियो । डिजे युवा सदस्य प्रज्वलमान गुरुङको साउन्ड सिस्टम व्यवस्थापनमा सबैले फ्लोर डान्समा रमेर भरपुर मनोरञ्जन लिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री