नेपाली दूतावासका कार्यवहाक राजदूत दुवाडीसहित कर्मचारीसँग एनआरएनए यूके टोलीको भेटघाट

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको टोलीले बेलायतका लागि नेपाली कार्यवहाक राजदूतसहित कर्मचारीहरुसँग भेटघाट गरेको छ ।

अध्यक्ष हित काजी गुरुङ नेतृत्वको टोलीले बिहीबार लन्डनस्थित दूतावासमै पुगेर उपनियोग प्रमुख तथा कार्यवाहक राजदूत विपिन दुवाडी, प्रथम सचिव उद्वव न्यौपाने र तृतीय सचिव झुपलाल पुनलाई स्वागत तथा छलफल गरेको हो । उपनियोग प्रमुख दुवाडी, प्रथम सचिव न्यौपाने र तृतीय सचिव पुनलाई एनआरएनए यूकेका तर्फबाट अध्यक्ष गुरुङले पुष्पगुच्छा र खादाले स्वागत गर्नुभएको थियो ।

उहाँहरु ४ वर्षे कार्यकालको लागि नेपाल सरकारबाट नियुक्त हुनु भएर केही समयअघि जिम्मेवारी सम्हाल्न बेलायत आउनुभएको हो । स्वागत तथा भेटघाट कार्यक्रमका लागि एनआरएनए यूके केन्द्रीय, राष्ट्रिय र राज्यका पदाधिकारीहरू दूतावास पुग्नुभएको थियो ।

भेटमा लन्डन दूतावास र एनआरएनए यूकेबीच यसअघि रहँदै आएको सम्बन्ध र सहकार्य तथा सहयोगलाई निरन्तर र सुदृढ गर्दै लैजानेबारे दुवै पक्षबीच समझदारी बनेको सहभागीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री