पासा पुचः गुथी युके लण्डनमा पुनः रुक्मिणी मानन्धर

लण्डन । पासा पुचः गुथी युकेको अध्यक्षमा पुन रुक्मिणी मानन्धर निर्वाचित हुनुभएको छ ।
गुथीको तेइसौँ साधारणसभाले मानन्धरको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा ओजेश सिंह, महासचिवमा लिसा दली श्रेष्ठ, कोषाध्यक्षमा मन्दिरा मानन्धर, सहकोषाध्यक्षमा पब्लिका श्रेष्ठ, साँस्कृतिक सचिवमा आस्था जोशी बाटाजू, सहसचिवमा अमिता श्रेष्ठ रहनुभएको छ ।
सदस्यहरुमा सन्दिप तुलाधर, प्रीति खड्गी शाही, दिनेश तुलाधर, निशा दली श्रेष्ठ, प्रमोद मानन्धर, रविन्द्र जोशी, सन्नी शाही, विल्सन महर्जन, सुमन महर्जन, मनिराजा महर्जन, आशुतोष कक्षपति, रुपेश महर्जन र सन्दिपा तुलाधर रहेका छन् ।
नयाँ कार्यसमिति चयनका लागि संस्थापक अध्यक्ष अमृतरत्न स्थापित, पूर्व अध्यक्ष डा सचेतन तुलाधर र पासा पुचः गुथीका अध्यक्ष सुशील प्रजापति रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि भएको सत्रमा महासचिव लीसा दली श्रेष्ठले गुथीको प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष मन्दिरा मानन्धरले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री