मध्यपूर्वको तनावका कारण लन्डनमा तेलको मूल्य ८० डलरभन्दा माथि पुग्यो

लन्डन । सोमबार लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको छ ।

इजरायलमाथि अक्टोबर ७ को आक्रमणको प्रथम वार्षिकीमा मध्यपूर्वमा लडाइँ फैलिन डरले लन्डनमा तेलको भाउ बढेको हो । ग्रिनविच मिनटाइम (जिएमटी) १५२५ (पेरिसमा साँझ ५:२५) तिर ब्रेन्ट नर्थ सी तेलको मूल्य दुई दशमलव छ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव १० डलर पुगेको थियो ।

यसको अमेरिकी समकक्षी नोभेमबर डेलिभरीका लागि वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) दुई दशमलव ८५ प्रतिशतले बढेर ७६ दशमलव ५१ डलर पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री