बाढी र पहिरोबाट प्रभावितलाई सहयोग गर्न हेल्प नेपाल नेटवर्क युकेको अपिल

लन्डन । नेपालमा हालै भीषण बाढी र पहिरोबाट प्रभावितहरुका लागि सक्दो सहयोग सहयोग गर्न गर्न हेल्प नेपाल नेटवर्क युकेको अपिल गरेको छ ।

शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आएको संस्था, हेल्प नेपाल नेटवर्क युकेले संसार भरिरहेका नेपालीहरु तथा नेपालका मित्रहरुलाई पीडित नागरिकका निम्ति सहयोग गर्न आह्वान गरेको हो ।

हेल्प नेपाल नेटवर्क युकेका अध्यक्ष सचिन श्रेष्ठले भन्नुभयो, ‘हामीलाई नेपालमा बाढीपीडित परिवारहरुका लागि खाद्यान्न, औषधि, टेन्ट, जस्तापाता, कपडा, पानी शुद्ध गर्ने सामग्री, ब्ल्यांकेट लगायतका सामग्रीको माग आइरहेको छ । विगतमा झैं यो मानवीय कार्यमा सघाउन हामी बेलायतमा रहनुभएका प्रवासी नेपालीहरु, नेपाली संघसंस्था तथा नेपालका मित्रहरुलाई हार्दिक अपिल गर्दछौं ।’

उहाँले संकलित सम्पूर्ण रकम बाढी तथा पहिरो पीडितहरुको सहयोगार्थ पठाइने र कुनै पनि प्रशासनिक काममा खर्च नगरिने पनि जनाउनुभयो । हेल्प नेपाल नेटवर्क युके च्याप्टरले तलका लिंकमा गएर सहयोग गर्न अपिल गरेको छ । https://www.justgiving.com/page/nepal-flood-relief-2024

गत सेप्टेम्बर महिनाको अन्तिम साता नेपालमा भएको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २ सय ४४ जनाभन्दा बढीको ज्यान गएको छ भने अरु कैयौं बेपत्ता भएका छन् । त्यस्तै पूर्वाधार, बालीनाली, निजी घर जग्गासमेत अर्बौं रुपैयाँ बराबरको क्षति भएको छ।

यसैबीच हेल्प नेपाल नेटवर्क नेपाल शाखाले सिन्धुपाल्चोक, काभ्रे र दोलखाका विभिन्न स्थानमा जस्तापाता, त्रिपाल, खाद्यान्न, लत्ताकपडा लगायतका राहत सामग्री वितरण गरिरहेको शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री