दक्षिण कोरियाली लेखक हान काङलाई नोबेल साहित्य पुरस्कार


स्टक होम । दक्षिण कोरियाली लेखक हान काङलाई नोबेल साहित्य पुरस्कार दिइने भएको छ ।

५३ वर्षीया हानलाई ऐतिहासिक आघातहरूको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने उहाँको तीव्र काव्यात्मक गद्यका लागि नोबेलबाट सम्मानित गरिएको स्विडिश एकेडेमीले जनाएको छ । मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका लागि लेखक हान काङ नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बन्नुभएको छ ।

लघुकथा लेखक एवं उपन्यासकार हान उहाँको पुस्तक ‘द भेजिटेरियन’ का लागि सबैभन्दा बढी परिचित हुनुहुन्छ । सन् २०१६ मा म्यान बुकर पुरस्कार जितेको उक्त पुस्तक अङ्ग्रेजीमा अनुवाद गरिएको उहाँको पहिलो उपन्यास हो । तीन भागमा लेखिएको यो पुस्तकले एउटी महिलाको मासु खान छाड्ने निर्णय र त्यसले उनको व्यक्तिगत जीवनमा पार्ने विनाशकारी परिणामहरूको विवरण दिन्छ ।

हान ‘म्यान बुकर इन्टरनेशनल पुरस्कार विजेतासमेत हुनुहुन्छ । उहाँको २००७ मा प्रकाशित उपन्यास ‘द भेजिटेरियन’ ले उक्त पुरस्कार जितेको थियो ।

सन् १९१० देखि प्रदान गरिँदै आएको साहित्यतर्फको नोबेल जित्ने उहाँ १८ औं महिला हुनुहुन्छ ।

उहाँ साहित्यसँगै अन्य क्षेत्रमा पनि क्रियाशिल हुनुहुन्छ । नोबेल पुरस्कार बोर्डले उहाँलाई संगीत र कलामा आफूलाई समर्पित गर्ने व्यक्तिको रुपमा पनि चर्चा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री