एनआरएनए टोलीद्वारा ललितपुरको महांकाल र कोन्ज्योसोममा पनि राहत वितरण


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) टोलीले ललितपुरको महांकाल र कोन्ज्योसोममा पनि राहत वितरण गरेको छ ।

हालै नेपालमा आएकव बाढी, पहिरो पीडितलाई राहत वितरणको सिलसिलामा एनआरएनएले बिहीबार महांकाल र कोन्ज्योसोमका पीडितलाई खाद्यान्न र अन्य सामग्री प्रदान गरिएको एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले जानकारी दिनुभयो ।

राहत वितरणमा संघका अध्यक्ष बद्री केसी, उपाध्यक्ष रोजिना प्रधान राई, कोषाध्यक्ष सुदन थापा, सदस्य हेमन्त काफ्ले, अर्जुन गुरुङ्, क्षेत्रीय संयोजक ईन्दिरा त्रिपाठी, एनआरएनए अभियन्ताहरु समिरा केसी, स्वयम्भुराज डंगोल्, शंकर श्रेष्ठ र सचिवालायका निरज श्रेष्ठ लगायत उपस्थित हुनुहुन्थ्यो ।

यसअघि काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत दिइएको थियो । ती परिवारलाई एनआरएनए आईसीसी टोलीले खाद्य सामाग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामग्री वितरण गरेको हो ।
एनआरएनए टोलीले आइतबार काठमाडौंको दक्षिणकाली र मकवानपुरको सिस्नेरी गरी १ सय २० परिवारलाई करिब एक महिना पुग्ने खाद्यान्न लगायत राहत वितरण गरेको थियो ।

यस्तै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत संघले ५१ लाख राहत सहयोग दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री