धरानका मेयर हर्क साम्पाङ १७ अक्टोबरमा युके आउनुुहुने

भूमिराज राई
लन्डन । नेपालको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यही १७ अक्टोबरमा बेलायत आउँदै हुनुहुन्छ ।

चिन्डेडाँडामा सुम्निमा र पारुहाङको मूर्ति स्थापनाको लागि आर्थिक संकलन र अन्य विभिन्न कार्यक्रमका लागि मेयर साम्पाङ यहाँ आउन लाग्नु भएको हो । सहयोग अभियान धरान समाज युके मुख्य आयोजक हो, जसको सहकार्यमा युकेभर विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन् । अन्य संघसंस्थाहरूले पनि आर्थिक सहयोगका लागि आफ्नो प्रतिबद्धता देखाइसकेका छन् ।

युकेका विभिन्न स्थानहरूमा रहेका नेपाली समुदायले मेयर साम्पाङलाई आफ्नो कार्यक्रममा आमन्त्रण गर्ने तयारी गरेका छन् । मेयर साम्पाङ्ग युके भ्रमणका क्रममा आर्थिक संकलनमा मात्र केन्द्रित नभएर युकेका विभिन्न नगरपालिकाका समकक्षी मेयरहरूसँग भेटघाट, विकास निर्माणको जानकारी लिने, विभिन्न पार्टीका साम्सदहरुदेखि संसद् भ्रमण, युकेका पर्यटकीय स्थानहरु पुग्ने लगायत गतिविधिमा सहभागी हुने जनाइएको छ ।

मुख्य कार्यक्रमहरूमा १९ अक्टोबरमा फोल्कस्टोनको ग्रान्ड बर्स्टिन होटलमा रात्रिभोज, २० अक्टोबरमा अल्डरसट, २५ अक्टोबरमा ह्यारो फुटबल क्लबमा र २७ अक्टोबरमा स्विण्डनमा, ३१ अक्टोबरमा चाथाममा कार्यक्रम आयोजना गरिएका छन् । अन्य कार्यक्रमहरू आशफोर्ड, ग्रेज, लन्डन र अन्य शहरहरूमा हुनेछन् ।

सुम्निमा पारुहाङ मूर्ति निर्माण अभियानका लागि आर्थिक संकलन यसअघि नै सुरु भइसकेको छ र लाखौँ रकम जुटाउने लक्ष्य लिइएको छ ।

मेयर साम्पाङको प्रत्यक्ष उपस्थिति र सहभागिताले यो अभियानलाई थप उर्जा मिल्ने देखिन्छ । किरात राई यायोक्खा युकेले पनि एक करोड रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्य घोषणा गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री