नेपाल जनप्रगतिशील मञ्च बेलायत र गेसोद्वारा पीडितलाई २ सय ५० थान सिरक हस्तान्तरण


लन्डन । नेकपा (माओवादी केन्द्र) सँग आबद्ध नेपाल जनप्रगतिशील मञ्च बेलायत र गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले प्राकृतिक प्रकोप पीडित परिवारका लागि २ सय ५० थान सिरक हस्तान्तरण गरेका छन् ।

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” को समुस्पस्थितिमा ३ लाख रुपैयाँ बराबरको आवश्यक उपभोग्य सामग्रीहरुमा २ सय ५० थान सिरक हस्तान्तरण गरिएको गेसो सभापति कृष्णकुमार राईले जानकारी दिनुभयो ।

‘मिति २०८१ साल असोज २८ गते सोमबारका दिन पूर्वप्रधानमन्त्री एवं हाम्रा गौरवशाली पार्टी नेकपा (माओबादी केन्द्र) का केन्द्रीय अध्यक्ष कमरेड “प्रचण्ड” कै समुस्पस्थितिमा रु. ३ लाख बराबरको आवश्यक उपभोग्य सामग्रीहरुमा २५० थान सिरक हस्तान्तरण गर्न पाउँदा म र नेपाल जनप्रगतिशिल मञ्च बेलायत गौरवान्वित भएका छौं, धन्यवाद,’ सभापति राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मञ्च र गेसोले पीडित परिवारहरुलाई राहत मिलोस् भन्ने हेतुले संकलन गरिएको रकममा केही थप गरी पार्टी हेडक्वाटरसँग समन्वय गरेर सम्बन्धित परिवारहरुलाई वितरण गर्ने गरी उपभोग्य सामग्री हस्तान्तरण गरेको सभापति राईले प्रस्ट पार्नुभयो ।

२०८१ असोज १०, ११ र १२ गते नेपालमा भएको अविरल वर्षाको कारण निम्तिएको बाढी, पहिरो र डुबानका कारण २ सय ५० जना हाराहारीमा मानिसले ज्यान गुमाए भने कयौं घरबारविहीन भएका छन् । विपतको घडीमा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतात्माहरुको आत्माको चिरशान्तिको कामनासहित सभापति राईले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत विज्ञप्तिमार्फत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री