हिमाल आरोहणमा विश्व कीर्तिमानी निर्मल पुर्जा मगरलगायतलाई एयरपोर्टमा स्वागत

काठमाडौं । हिमाल आरोहणमा विश्व कीर्तिमान कायम गरेका पर्वतारोही निर्मल पूर्जामगर लगायतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा भव्य रुपमा स्वागत गरिएको छ ।

चीनको शिशपाङ्मा हिमालको सफल आरोहण गरेर फर्किनुभएका पूर्वगोर्खा सैनिक पु्र्जामगरसहित ९ जना विश्वकीर्तिमानी आरोहीलाई सोमबार नेपाल पर्वतारोहण संघ, मगर संघलगायत संघसंस्ठाले भव्‍य स्वागत गरेका हुन् । अक्सिजनबिना ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छोटो समयमा आरोहण गर्नुभएका पुर्जामगर, विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बन्नुभएकी दावा याङ्जुम शेर्पा, विश्वकै सबैभन्दा कान्छो आरोही १८ वर्षीय निमा रिञ्जी शेर्पालगायतलाई सम्मानसहित त्रिभुवन विमानस्थलमा गरिएको हो ।

यस्तै आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो आरोही बन्न सफल तेजन गुरुङ, सोलुखुम्बुको थामेबाट १४ वटा शिखर चुम्ने पासाङ टेन्डी शेर्पा, विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने मिङ तेम्बा शेर्पा पनि सम्मानित हुनुभएको छ । कीर्तिमानी आरोहीहरूको स्वागतमा विमानस्थलमा बाजा घन्किएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री