नेपाली सेनालाई बेलायतमा भएको संयुक्त सैन्य अभ्यासमा तेस्रो पटक स्वर्ण पदक


लन्डन । नेपाली सेनाले बेलायतमा भएको संयुक्त सैन्य अभ्यासमा तेस्रो पटक स्वर्ण पदक जित हात पारेको छ ।

२३ असोजदेखि २५ असोजसम्म भएको अभ्यास ‘क्याब्रियन पट्रोल’ २०२४ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक पाएको सैनिक प्रवक्ता गौरव कुमार केसीले जानकारी दिनुभएको हो । उहाँका अनुसार नेपाली सेनाले यसअघि सन् २०१७ र २०१९ मा पनि उक्त पदक जितेको थियो ।

संयुक्त अभ्यासमा बेलायतसहित ३७ राष्ट्रका १ सय २१ अन्तर्राष्ट्रिय टोलीले भाग लिएका थिए । यो अभ्यासमा दुई दिनभित्रमा हतियार तथा करिब ५० पाउन्ड तौल बराबरको उपकरण, बन्दोबस्तीका सामग्रीसहित ५० किलोमिटर दूरि पार गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री